चितुवाको छाला सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १२ असार

            महानगरीय प्रहरी वृत्त बालाजु र प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार ११ गते १६:३० बजे काठमाण्डौ मित्रनगर स्थित नबदुर्गा गेष्ट हाउसबाट पाँचथर फाल्गुनन्द गाउँपालिका-४ का मिश्रङ चेमजोङ र सोही ठाउँका प्रशान्त दास चेमजोङलाई पक्राउ गरेको छ । प्रहरीले गेष्ट हाउसको कोठाबाट ४६ ईन्च लम्बाईको चितुवा (बाघ) को छाला र टाउकोको हड्डी बरामद गरेको छ । दुवैजनालाई छाला र हड्डी सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।