लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १२ असार

            महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार ११ गते ०८:३० बजे नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको ना.७ ख. १३४ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा यही चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने गोपाल परियारको साथबाट अबैध ब्राउनसुगर ११.१५ ग्राम बरामद गरेको छ । परियारलाई ब्राउनसुगर सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

            यसै गरी महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले  यही ११ गते १६:०० बजे काठमाण्डौ महानगरपालिका-१२ टेकुबाट कलंकी बस्ने खोटाङ अर्घौली गाउँपालिका-९ का रुपेश राईलाई डाईजेपाम, नुफिन र फेनरागन गरि ३२ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिएको छ । 

            यसै गरी महानगरीय प्रहरी वृत्त बौद्धले यही ११ गते १९:३० बजे गोकर्णेश्वर नगरपालिका-४ मा चेकजाँच गर्दा बल्खु बस्ने बाराका दिनेश चौधरी र बाराकै राजु लामालाई चेकजाँच गर्दा निजहरूको साथबाट लागुऔषध नाईट्राभेट ११ सय ९० ट्यावलेट बरामद  गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।