आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, १२ असार

            महानगरीय प्रहरी वत्त नयाँबानेश्वरबाट बानेश्वर स्थित मिलन चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने प्रेदेश नम्बर ३-०२-००२ प १०७४ नम्बरको स्कुटी चालक भक्तपुर गोलमणी बस्ने कृष्ण रंजितकारलाई पक्राउ गरेको छ । प्रहरीले यही असार ११ गते ०९:०० बजे मिलनचोकमा चेकजाँच गर्दा घरेलु मदिरा फेलापारी कारबाही गर्न खोज्दा रंजितकाले प्रहरीलाई नगद ५ सय दिइ आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । रंजितकारलाई नगद सहित नियन्त्रणमालिई अनुसन्धान गरिरहेको छ ।