नक्कली सुनको मुर्ती देखाई ठगी गर्ने नियन्त्रणमा

काठमाण्डौ, ११ असार

       महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सुनको मुर्ती देखाई ठगी गर्न खोज्ने  ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार १० गते १७:२५ बजे काठमाण्डौ महानगरपालिका-२६ बनस्थलीबाट तनहुँका मिन बहादुर कुमाल, बौद्ध बस्ने रामेछापका बसन्त श्रेष्ठ, सिनामंगल बस्ने दोलखाका रामराजा शिवाकोटी र भक्तपुर बस्ने महोत्तरीका अनिल बानियालाई पक्राउ गरेको छ । सुनको बुद्धको मुर्ती भनि देखाई ६० लाखमा किनबेचको लागी कुराभईरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली सुनको मुर्ती सहित नियन्त्रणमा लिएको छ । धातुको मुर्तीमा सुनको जलप लगाएको मुर्तीलाई निजहरूले गोरखा दरबारको १०० वर्षको पुरानो ८ केजी तौलको सुनको बुद्धको मुर्ती हो बजार मुल्य ४ करोड पर्छ भनि बुबाको उपचारको लागी मात्र ६० लाखमा बेच्‍न खोजेको भन्दै निजहरूले सर्वसाधरणलाई ठगी गर्दै हिडने गरेका थिए । निजहरूलाई नक्कली सुनको मुर्ती  सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।