१८ लाख ४७ हजार रूपैयाँ र कौडा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १० असार

            महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद १८ लाख ४७ हजार रूपैयाँ र कौडा सहित ५ जनालाई पक्राउ गरेको छ । यही ९ गते २१:०० बजे काठमाण्डौ तार्केश्वर नगरपालिका ८ मुड्खुमा  चेकजाँच गर्ने क्रममा बा.२ ज ४८२६ नम्बरको ट्याक्सीमा सवार  काठमाण्डौ महानगरपालिका १६ बालाजु बस्ने वर्ष ३९ को दिपक राई, काठमाण्डौ वालुवाटार बस्ने वर्ष २५ को राज तामाङ, काठमाण्डौ  गौरीघाट बस्ने वर्ष ४१ को राजु ब्लोन, उदयपुर घर भई काठमाण्डौ चावहिल बस्ने वर्ष २० को मिलन कार्की र उदयपुर घर भई काठमाण्डौ कपन बस्ने वर्ष २७ को अशोक तामाङलाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद १८ लाख ४७ हजार रूपैयाँ र १६ थान कौडा सहित ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।