लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १० असार

       महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । यही असार ९ गते  १५:०० बजे विशेष सुचनाको आधारमा काठमाण्डौ महानगरपालिका १६ माछापोखरी हिमालय सिटी सेन्टर पछाडीबाट भारत बेतिया बगाह २६ घर भई काठमाण्डौ ढुंगेधारा बस्ने वर्ष २० को जितेन्द्र शाह, वर्ष २० को आनन्द गुप्ता, नुवाकोट थानापति ८ घर भई काठमाण्डौ सामाखुशी बस्ने वर्ष २३ को अशोक डंगोल र मोरङ तेलकुली घर भई काठमाण्डौ ढुंगेधारा बस्ने वर्ष १८ को सोनु चौधरीलाई पक्राउ गरेको छ ।  निजहरूको साथबाट लागुऔषध नाईट्राभेट १२३० ट्याब्लेट सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।