प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ८ असार

            महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने रौतहट जजुरा नगरपालिका-२ का  विरेन्द्र चौधरी र रुपन्देही शान्तीनगर नगरपालिका-८ का चक्रराज पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले यही ७ गते २१:३० बजे काठमाण्डौ महानगरपालिका-२८ विधुत प्राधिकरण अगाडी विरेन्द्र चौधरीले अनैतिक कार्यको लागी बार्गेनिङ गर्दै गरेको अबस्थामा फेलापारी कारवाही गर्न लाग्दा प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सोही समयमा चक्रराज पाण्डेले अनैतिक कार्य गर्न तेस्रो लिङ्गी  मिलाई दिनु पर्यो भनी प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेकाले नियन्त्रणमा लिएको छ । दुवै जनालाई नगद सहित नियन्त्रणमा लिई  अनुसन्धान गरिरहेको छ ।