लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ/ भक्तपुर,  ०२असार

          प्रहरीले छुटा छुट्टै घटनामा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही असार १ गते  १४:०० बजे भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोटबाट कौशलटार बस्ने सुनसरीका अफरोज मियालाई नाईट्राजेपाम १० पत्ता (५० क्याप्सुल) र नगद ११ हजार सहित नियन्त्रणमा लिएको छ । यसै गरी यहि असार २ गते ०९:०० बजे काकडभित्ताबाट काठमाण्डौ आउदै गरेको ना.५ ख. ५२४३ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा झापा बिर्तामोड नगरपालिका-८ का बिपिन भट्टराईको साथबाट अबैध लागुऔषध ब्राउनसुगर १.९० ग्राम र नाईट्राभेट ८३ ट्याबलेट सहित पक्राउ गरेको छ । दुबै घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।