५ किलो चरेश सहित मानिस नियन्त्रणमा ।

काठमाण्डौ, ३१ जेष्ठ

         प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध लागुऔषध चरेश सहित १जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विहान १०:०० बजे नेपाल एयरलाईन्स Bangkok RA401 को उडानबाट बैङकक हुदै अमेरिका जान लागेका अमेरिकन नागरिक William Herron लाई ५ किलोग्राम चरेश सहित पक्राउ गरेको छ । विमानस्थलको डिपाचर A2 X-ray Hold Baggage मा निजको ब्याग चेकजाँच गर्दा चरेश फेला पारेको हो । प्रहरीले चरेश सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।