अबैध लागुऔषध ब्राउनसुगर सहित मानिस नियन्त्रणमा ।

काठमाण्डौ, ३१ जेष्ठ

          महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जनालाई पक्राउ गरेको छ । प्रहरीले जेष्ठ ३० गते ८:३० बजे नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख. २९४१ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा नेपालगंज उप-महानगरपालिका - ६ का रबिन थापा र सोही उप-महानगरपालिका वडा न.१३ का बिबेक बस्नेतलाई अबैध लागुऔषध ब्राउनसुगर ३२.६५ ग्राम सहित पक्राउ गरेको छ । सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाण्डौ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।