मोटरसाईकल चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, ३० जेष्ठ

          महानगरीय प्रहरी वृत्त बालाजुले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विहान ०३:००

बजे तार्केश्वर नगरपालिका-२ स्थित पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गर्ने नुवाकोट मेगाङ गाउँपालिका-८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।