सिक्री लुटपाट गर्ने नियन्त्रणमा

काठमाण्डौ, ३० जेष्ठ

          महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सिक्री लुटपाट गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २९ गते २२:३० बजे काठमाण्डौ महानगरपालिका-३४ पुरानोबानेश्वर चोकबाट मैतिदेवी बस्ने सोलुखुम्बु देउसा गाउँपालिका-३ का बखत वि.क. लाई पक्राउ गरेको छ । वि.क.ले बागबजार बस्ने आश्रीत श्रेष्ठले लगाएको सुनको सिक्री लुटेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।