जुवातास खेल्नेनियन्त्रणमा

काठमाण्डौ, ३० जेष्ठ

          महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २९ गते १९:३० बजे काठमाण्डौ महानगरपालिका-१४ कलंकी स्थित  टहरा भित्र जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने मकवानपुरका राम बहादुर बलामी सहित ४ जनालाई नगद १६ हजार २ सय १५ रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।