पेस्तोल सहित नियन्त्रणमा

काठमाण्डौ, २८ जेष्ठ

            महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २७ गते १२:३० बजे काठमाण्डौ महानगरपालिका-३२ तिनकुने स्थित A-ONE CAFE बाट US ARMY MADE IN JAPAN लेखेको पेस्तोल थान १ र खाली म्याग्जीन थान १ सहित सोलुखुम्बु गुदेल गाउँपालिकका-४ घर भई काठमाण्डौ ६ वौद्ध बस्ने वर्ष २४ को संजय शेर्पालाई पक्राउ गरेको छ । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।