आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २८ जेष्ठ

            महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गबाट खटिएको प्रहरी टोलीलाई  आर्थिक प्रलोभनमा पार्ने ना.६४ प. ४४५९ नम्बरको स्कुटी चालक दाङ पञ्चेकुलो गाउँपालिका-२ घर भई काठमाण्डौ चावहिल बस्ने वर्ष २४ को नवराज पौडेललाई पक्राउ गरेको छ । प्रहरीले यहि २७ गते २१:०० बजे दरबारमार्ग सडक खण्डमा चेकजाँचको क्रममा बिलबुक र सवारी चालक अनुमतीपत्र नभएकोले कारबाही गर्न खोज्दा पौडेलले प्रहरीलाई नगद रु ५ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।