जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाण्डौ, २८ जेष्ठ

            महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा यही जेष्ठ २७ गते १४:३० बजे काठमाण्डौ-६ बौद्ध रामहिटीबाट सोही ठाउँ बस्ने मकवानपुर हेटौडाका रेवती लामा सहित ७ जनालाई नगद रू ३३ हजार २ सय ८५ रूपैयाँ र ३ बुक  सहित पक्राउ गरेको छ । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।