लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २७ जेष्ठ

            महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान १०:०० बजे बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु.२ ख. ४५५ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुंगा चेकपोष्टमा चेकजाँच गर्दा रुपन्देही शिवनग-७ का २३ वर्षिय गोविन्द आचार्यको साथबाट नुफिन, फेनरागन र डाईजेल्याप गरि ७ सय २० एम्पुल लागुऔषध बरामद गरेको छ। घटना सम्बन्धमा अनुसन्धान गरीरहेको छ ।