समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्‍न

काठमाडौं, २६ जेष्ठ - महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत International School Of Tourism And Hotel Management Collage ज्ञानेश्वरमा अध्यनरत विद्यार्थीहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम यही जेष्ठ २६ गते आईतबार सम्पन्न भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल सम्बन्धी चेतनामूलक प्रशिक्षण दिनु हुँदै अपराधबाट बच्‍ने विभिन्न उपायहरूको जानकारी दिनुभयो । उहाँले लागुऔषध र सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरू बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्‍न सदैब सजग हुन समेत आग्रह गर्नुभयो । विद्यार्थीहरू विभिन्न खराव साथी संगतको कारणले लागुऔषधको कुलतमा फसी आफ्नो अमुल्य जिवन बर्बाद गरिरहेको तर्फ संकेत गर्दै त्यसबाट बच्‍न विद्यार्थी स्वयम र अभिभावकले पनि आफ्ना सन्तान प्रति विशेष ख्याल राख्‍नु पर्ने बताउनु भयो । प्रविधिको प्रयोग बढ्दै संसार साघुरिएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका बिच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने र बालबालिकाले पनि साथिहरूसँग जादा को सँग जाने ,कहाँ जाने, कतिखेर फर्कने लगाएतका जानकारी दिएमा अपराध घट्न सहयोग पुग्‍ने बताउनु भयो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्,र नक्सालको आयोजनामा संचालित कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अध्यक्ष नरेन्द्र बज्रचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा न. ३० का वडा अध्यक्ष दल बहादुर कार्की, कलेजका प्रिन्सिपल सम्झाना बस्नेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।