लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २५ जेष्ठ

            महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २४ गते  १६:३० बजे काठमाण्डौ महानगरपालिका- ०८ पिंगलास्थान स्थित लालिगुंरास होटल एण्ड गेष्ट हाउसमा चेकजांच गर्दा भोजपुर डिङला गाउँपालिका-०२ घर भएका बर्ष २९ को भिम प्रसाद लामीछाने र  भारत आसाम घर भई झापा बिर्तामोड बस्ने बर्ष २१ को समिर राईलाई पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध डाईजोपाम,फेनरागन र लुपिजेसिक गरी जम्मा ३५१ एम्पुल बरामद गरिएको छ । निजहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।