जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाण्डौ, २३ जेष्ठ

            महानगरीय प्रहरी  वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २२ गते १७:०० बजे काठमाण्डौ महानगरपालिका-७ चावहिल लाम्पोखरीमा जुवातास खेलिरहेको अवस्थमा नगद रू ८० हजार ५ सय रूपैयाँ,६ बुक तास सहित ८ जनालाई पक्राउ गरेको छ । घटना समबन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।