लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २३ जेष्ठ

            प्रहरीले छुट्टाछुट्टै घटनामा लागुऔषध सहित ३ जना पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २२ गते १५:४५ बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगरमा रहेको दाङ स्वार्गद्वारी गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा कोठा नम्बर १०४ मा बसेका जिल्ला झापा शिवसताक्षी नगरपालिका-६ घर भई बस्ने वर्ष ४० को गोपाल बुढाथोकीलाई शंकास्पद लागि चेकजाँच गर्दा निजले लुकाई राखेको २७५ ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो बरामद गरिएको छ ।  निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको छ ।

            महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट  खटिएको प्रहरी टोलीले यही जेष्ठ २२ गते १७:३० बजे नागढुङ्गामा चेकजाँच गर्ने क्रममा धनगढीबाट काठमाण्डौं आउदै गरेको ना.६ ख ७४६३ नम्बरको बसमा सवार कैलाली अत्तरीया बस्ने वर्ष १८ को अविन खुना र काँकडभित्ताबाट काठमाण्डौं आउदै गरेको ना.८ ख ३३९ नम्बरको बसमा सवार झापा भद्रपुर नगरपाकलिका-३ बस्ने वर्ष २४ को उज्जल लिम्बुलाई पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध नाईट्रोभेट २५ ट्याब्लेट र कोरेस १ बोतेल बरामद गरेको छ । निजहरूलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।