लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, २२ जेष्ठ

           महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २१ गते १४:०५ बजे ललितपुर महानगरपालिका २१ पुर्णचण्डीबाट ललितपुर लुकुसी बस्ने बर्ष १९ को अनिल खड्गी, काठमाण्डौ स्वयम्भु घर भई बस्ने बर्ष २१ को हिमाल नेपाल, काभ्रे घरभई ललिलपुर सुनाकोठी बस्ने बर्ष १८ को निमा लामा, ललितपुर ईमाडोल बस्ने बर्ष २२ की अमृता बानियाँ र ललितपुर बालकुमारी बस्ने बर्ष २९ को निकेश महर्जनलाई लागुऔषध नाईट्राभेट ३२३ ट्याब्लेट र गाँजा ५ ग्राम सहित पक्राउ गरेको छ ।  यसै गरी महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही जेष्ठ २१ गते २२:०० बजे काठमाण्डौ महानगरपालिका ३१ प्रयाग मार्गबाट सोही स्थान बस्ने वर्ष ३१ को रुपेश श्रेष्ठलाई लागुऔषध खैरो हिरोइन ६ ग्राम सहित  पक्राउ गरेको छ ।

           दुबै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।