५० किलो गाँजा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ४ बैशाख

               महानगरीय प्रहरी वृत्त, दरवारमार्गले ५० किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही बैशाख ३ गते १४:३० बजे काठमाण्डौ महानगरपालिका २ लाजिम्पाटबाट कोटेश्वर बस्‍ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठको साथबाट ५० किलोग्राम गाँजा बरामद गरेको छ । लाजिम्पाट स्थित सुवर्ण शम्शेर मार्गमा हिडिरहेको अबस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा निजहरूले बोकेको झोलाबाट २५/ २५ किलो गाँजा फेला पारेको हो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।