घरेलु मदिरा नष्ट

काठमाण्डौ, ३ बैशाख

          ईलाका प्रहरी कार्यालय, फर्पिङले घरेलु मदिरा नष्ट गरेको छ । दक्षिणकाली नगरपालिकाबाट  विभिन्‍न मितिमा नियन्त्रणमा लिएका घरेलु मदिरा यही ३ गते ०८:०० बजे नष्ट गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको २ सय ९० लिटर घरेलु मदिरालाई स्थानिय जनप्रतिनिधिहरू  र पत्रकारहरूको रोहवरमा नष्ट गरेको जानकारी दिएको छ ।