चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, ३ बैशाख

         महानगरीय प्रहरी वृत्त, कालिमाटीले चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २ गते १७:०० बजे भक्तपुर बस्‍ने  दोलखाका सुनिल श्रेष्ठ र अर्जुन श्रेष्ठलाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ दुर्गा कोलोनीमा डेरा गरी बस्‍ने सिरहाका रञ्जनराज चौधरीको कोठामा चोरी गरी फरार भएको अबस्थामा निजहरुलाई नियन्त्रणमा लिएको हो । निजहरूको साथबाट प्रहरीले घरफोर्न प्रयोग गर्ने फलामको औजार  र नगद २८ हजार ४ सय ६० रूपैया सहित नियन्त्रणमा लिएको छ ।