जुवातास खेल्ने मानिस नियन्त्रणमा

काठमाण्डौ, १ बैशाख

            महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यहि चैत ३० गते १९:०० बजे काठमाण्डौ महानगरपालिका  बसुन्धाराबाट जुवातास खेलिरहेक अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।  मकानपुर घर भई महानगरपालिका बसुन्धारा स्थित एक घरमा  डेरा गरी बस्ने वर्ष ३६ की सरिता राना मगरले डेरा भाडामा लिई जुवातास खेलाई रहेको अवस्थामा  ३ बुक तास र नगद रु-२ लाख ३६ हजार रूपैयाँ सहित ३ जना महिला र ६ जना पुरुषलाई  नियन्त्रणमा लिईएको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।