आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

काठमाण्डौ, १ बैशाख

            यही चैत ३० गते २१:०० बजे काठमाण्डौ महानगरपालिका-१५ चौमतीमा  महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने  जिल्ला नुवाकोट घर भएका वर्ष २९ को भरत तामाङ, जिल्ला सुर्खेत घर भएकी वर्ष ३२ की दिपा रानामगर र जिल्ला सर्लाही घर भएका वर्ष २६ को श्याम बि.क.लाई पक्राउ गरेको छ । प्रहरीले बा.५ ख ४८४२ नम्बरको गाडीलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीमा भन्सार छली ल्याईएका अवैध रुपमा लुकाई राखेको बिभिन्न लत्ता कपडाहरु वरामद गर्ने क्रममा कारवाहीबाट बच्न  निजहरूले नगद रू ३ लाख ५० हजार रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।