जुवा खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २८ चैत

            महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले जुवा खेल्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि २६ गते २१:०० बजे काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका १ गागलफेदि खाजा खाने होटलमा जुवा खेलिरहेको अवस्थामा  १६ थान कौडा र नगद रु.१ लाख २१ हजार २ सय १० रूपैयाँ  सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।