लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ चैत

            महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ  । प्रहरीले यही चैत २७ गते ०६:०० बजे राजबिराजबाट काठमाडौ आउदै गरेको ना. ७ ख ५७८४ नम्बरको बसलाई काठमाण्डौ चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका -७ घर भई बस्ने बर्ष-२५ को प्रमोद कुमार साह, जिल्ला सप्तरी बेल्ही चमेना-९ बस्ने बर्ष-४३ की गिता देबी र जिल्ला सुनसरी बर्जुताल-६ घरभई बस्ने बर्ष-३० की रन्भा देबी दासलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले  अवैध लागुऔषध नुफिन, फेनारगन,  डाईजापाम, डाईजाल्याप र लुफिजेफिक गरी जम्मा १८४० एम्पुल  बरामद गरेको छ । निजहरूलाई लागुऔषध सहित पक्राउ गरीएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

            साथै यहि २६ गते १६:०० बजे बिरगंजबाट काठमाण्डौं आउदै गरेको ना.७ ख ८४१४ नम्बरको यात्रु वहाक बसमा सवार जिल्ला मकवानपुर आग्रा गाउँपालिका-५ घर भई बस्ने वर्ष २५ को अष्टमान स्याङ्तानलाई  अवैध लागुऔषध चरेस ३ किलो सहित  नियन्त्रणमा लिएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

            साथै महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका २ एकान्तकुनाबाट  यहि चैत २६ गते १६:०० बजे  ललितपुर महानगरपालिका २ एकान्तकुना बस्ने बर्ष ३८ को पेम्बा थिङ लामा र बर्ष २९ को पुनित लामालाई नगद रु. १४ हजार ८ सय ३० रूपैयाँ र लागुऔषध नुफिन, फेनारगन,  डाईजापाम गरी  ४० एम्पुल र  विभिन्न कम्पनीको मोवाईल १३ थान, ट्याबलेट १ थान, क्यामरा १ थान, धारिलो हतियार चक्कु १ थान सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।