चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २७ चैत

            महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले  चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । यहि चैत २६ गते ०२:०० बजे काठमाण्डौ महानरपालिका ३२ पेप्सीकोला चोकमा चेक जाँच गर्ने क्रममा  दोलखा तामाकोशी गाउँपालिका २ घर भई काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ७ हरहरमहादेव बस्ने वर्ष २१ को आशिष भन्ने दुन कार्की र कागेश्वनरी नगरपालिका  ९ बस्ने वर्ष २२ को लुकास कार्कीलाई नियन्त्रणमा लिई  अनुसन्धान गर्दा कोटेश्वर एरियाबाट नगद रु. ९० हजार रूपैयाँ चोरी गरेर ल्याएको खुल्न आएको हुँदा निजहरुलाई नियन्त्रणमा लिएको छ ।  घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।