लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २७ चैत

            महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ  । यहि चैत २६ गते  १४:०० बजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका १५ तिनथाना स्थित ढुंगेअड्डामा शंका लागि चेकजाँच गर्ने क्रममा R.N. खाजा घरबाट लागुऔषध NITRAVET २७ फाईलमा (४२० पिस) सहित सर्लाही बरथहवा नगरपालिका  १ घर भई काठमाण्डौ कोटेश्वर बस्ने वर्ष १९ को सन्दिप गिरी र  काठमाण्डौ महानगरपालिका १६ बालाजु हाईट बस्ने वर्ष १८ को अर्पन राईलाई पक्राउ गरेको छ  । घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।