आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

काठमाण्डौ, २७ चैत

            यही चैत २६ गते १६:०० बजे काठमाण्डौ महानगरपालिका-१२ त्रिपुरेश्वर सडक खण्डमा महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीबाट खटिएको प्रहरी टोलीलाई  आर्थिक प्रलोभनमा पार्न खोज्ने रत्नपार्क-थानकोट चल्ने बा. २ ख ६१८६ नम्बरको  गाडी चालक धादिङ माधव बेशी-२ घर भई काठमाण्डौ सतुङगल बस्ने बर्ष ३३ को एक बहादुर तामाङलाई पक्राउ गरेको छ । सवारी साधनलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न तामाङले नगद १ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको छ ।