जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २७ चैत

            महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि चैत २६ गते २२:३० बजे काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका-९ स्थित प्रकाश पाख्रिनले संचालन गरेको पपुलर्सबार एण्ड सेकुवा कर्नरमा जुवा तास खेलिरहेको अबस्थामा १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रूपैयाँ  सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।  घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।