ATM फोडी चोरी गर्ने पक्राउ

काठमाण्डौ, २७ चैत

             महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यहि चैत २६ गते २०:१५ बजे  काठमाण्डौ महानगरपालिका ३१ तिनकुनेमा रहेको  NCC बैंकको शाखा कार्यालयमा  रहेको  ATM मेसिन  फोडी चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाण्डौ महानगरपालिका ३२ बस्ने १८ बर्षीय  विशाल तामाङलाई  पक्राउ गरेको छ । निजको साथबाट प्रहरीले ATM फुटाउन प्रयो गर्ने हतौडा थान १ फलामको छिनो १ थान र मार्तोल १ थान बरामद गरेको छ ।  घट्ना सम्बन्धमा अनुसन्धान भई रहेको छ ।