जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २९ फागुन

            महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही फागुन २८ गते १८:०० बजे भक्तपुर नगरपालिका-४ गपनी स्थित पार्किङ चौरमा तास खेलिरहेको अबस्थामा सुर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका २ का कृष्ण बहादुर लामा सहित ७ जनालाई  नगद २० हजार ७ सय २६ रूपैया  र तिन बुक तास सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।