लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ फागुन

महानगरीय प्रहरी प्रभाग, पाटनढोकाबाट खटिएको प्रहरी टोलीले आज १३:३० बजे ललितपुर महानगरपालिका-११ युएन पार्कमा चेकजाँचको क्रममा नुवाकोट घरभई काठमाण्डौ बालाजु बस्‍ने बर्ष-३४ को प्रल्हाद गुरुङ र बर्ष-२६ को सोम पन्तलाई नियन्त्रणमा लिई निजहरूको साथबाट अवैध लागुऔषध डाईजापाम, फेनारगन र नोफिन गरी जम्मा ३६ एम्पुल बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।