चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २७ फागुन

            मिति २०७५।११।२१ गते काठमाण्डौ महानगरपालिका-४ धुमबाराही स्थित कर्ण बहादुर चौलागाईले संचालन गरेको हार्डवेयर पसलमा ताल्चा फोडी समानहरु चोरी भएकोमा खोज तलाश गर्ने क्रममा मिति २०७५/११/२७ गते १४:०० बजे महानगरीय प्रहरी वृत्त महाराजगंबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-३१ पुरानो बानेश्वर कोठा भाडामा लिई लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित चोरी गरिएका समान सहित बिभिन्न मिति,समय र स्थानमा चोरी गरिएका बाथरुम तथा धारामा प्रयोग गरिने बिभिन्न सामानहरु ३८ बोरा, चाँदीका बिभिन्न किसिमका भाडाकुँडाहरु ९ किलो ५०० ग्राम  र  नगद रु. ७० हजार रूपैयाँ  सहित चोरी कार्यमा संलग्न भारत मोतिहारी घर भई हाल पुरानो बानेश्वनर बस्ने बर्ष ३५को पारस प्रसाद, बर्ष ३२ को सन्तोष पोदार र  रामेछाप सुनापाती-५ घर भई सोही स्थान बस्ने बर्ष-४१ ओमराज श्रेष्ठ समेत ३ जनालाई पक्राउ गरेको छ ।  चोरीमा प्रयोग भएको सवारी साधनहरु बा १ ज २१९२ नम्बरको ट्याक्सी र बा १४ च ७२६९ नम्बरको भ्यान समेतलाई नियन्त्रणमा लिई, घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।