जुवातास खेलिरहेको अबस्थामा मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ फागुन

            प्रहरीले छुट्टाछुटै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नगद रू १ लाख १४ हजार ५ सय ९५ रूपैयाँ नगद र १२ बुक तास  सहित ९ जानलाई नियन्त्रणमा लिएको छ ।

            महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले  प्रहरीले यही फागुन २७ गते २०:३० बजे काठमाण्डौ महानगरपालिका- १३ टेकु दोबान स्थित बिष्णू पोडेको ३ तले पक्कि घरको भुंइ तलामा जुवा तास खेलिरहेको अबस्थामा नगद रु. ५८ हजार ५ सय, तास ६ बुक  र बिष्णू पोडे सहित ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

            यसै गरी महानगरीय प्रहरी वृत्त महाराजगंबाट खटिएको प्रहरी टोलीले  प्रहरीले यही फागुन २७ गते १७:१० बजे काठमाण्डौ टोखा नगरपालिका-३ भुतखेल स्थित नेवारी खाजा घरमा जुवातास खेलि रहेको अबस्थामा ६ बुक तास, नगद रु ५६ हजार ९५ रूपैयाँ नगद सहित ५ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।