प्रहरीलाई घुस दिने नियन्त्रणमा ।

काठमाण्डौ, २७ फागुन

            महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही फागुन २६ गते २३:०० बजे मध्यपुर सानोठिमी मनोहरा सडकमा बा. २ .ख ७२७१ नम्बरको मिनी टिपरलाई चेकजाँच गर्ने क्रममा लाईसेन्स नभएको र चालकले रूट प्रमिट भित्र नगद १ हजार १ सय ५० रूपैया राखि प्रहरीलाई दिएकाले  उक्त रकम सहित बालुवा लोड भएको टिपर र चालक काठमाण्डौ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० का मन्दिर माझीलाई नियन्त्रणमा लिई, आबश्यक अनुसन्धान भईरहेको छ ।