जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २६ फागुन

            महानगरीय प्रहरी वृत्त बौद्धले जुवातास खेल्ने ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही फागुन २५ गते १६:३० बजे काठमाण्डौ महानगरपालिका-६ महाकालमा जुवातास खेलिरहेको अबस्थामा यही महाकाल-६का छिरीङ्ग लामा सहित ८ जनालाई नगद  १ लाख ९६ हजार १ सय ५० रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।