अवैध डलर सहित नियन्त्रणमा

काठमाण्डौ, २५ फागुन

            महानगरीय प्रहरी अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले  यहि फागुन २४ गते १३:२० बजे अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा आई यात्रुहरुबाट अमेरिकन डलर अवैध रुपमा संकलन गरि लैजान लागेको अवस्थामा काठमाण्डौ महानगरपालिका १६ घर भई ललितपुर  महालक्ष्मी नगरपालिका १७ ईमाडोल बस्ने वर्ष ४२ को तिमोथी नकर्मीको साथबाट १०० दरको १५० थान सहित जम्मा १५ हजार अमेरिकन डलर सहित निजलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भई रहेको छ ।