समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं, २४ फागुन 

             महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी स्थित शिक्षालय नेपाल स्कुलको प्राङगणमा अन्तराष्ट्रिय महिला दिवशको अबसरमा  समुदाय-प्रहरी साझेदारी कार्यक्रम र Parenting Program अन्तर्गत स्कुलमा अध्यनरत विद्यार्थीहरू तथा अभिभाबकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

           कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न  सदैब सजग हुन समेत आग्रह गर्नुभयो । प्रविधिको प्रयोग बढ्दै संसार साघुरीएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको बताउनु भयो । सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका विच पासपोर्ट आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने र बालबालिकाले पनि साथिहरू सँग जादाको संग जाने ,कहाँ जाने, कतिखेर फर्कने लगाएतका जानकारी दिएमा अपराध घटन सहयोग पुग्ने बताउँनु भयो ।    एकान्त स्थान जंगल,पार्क लगाएतका स्थानमा  घुम्न जाने भन्दा मान्छेको आवतजावत बढि हुने  स्थानमा घुम्न गएमा अपराध घटन कम हुने बताउनु भयो   । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले विद्यालयले संचालन गरेका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट हुने ‍ छात्र-छात्राहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

          कार्यक्रमलाई रोचक बनाउन विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, "आमा" नामक नाटक समेत प्रस्तुत गरेका थिए । बालविकास केन्द्रका सचिव प्रल्हाद प्रसाद खनाल, तेजु नेपाल लगाएतका वक्ताहरूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष भरत प्रसाद फुयालको सभापतित्वमा सम्पन्न भएको थियो ।