प्रहरीलाई घुस दिने नियन्त्रणमा

काठमाण्डौ, २३ फागुन

            महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी र ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले यही फागुन २२ गते २१:३० बजे काठमाण्डौ-१५ सानो भर्‍याङमा चेकजाँच गर्ने क्रममा जिल्ला गोरखा घर भई चन्द्रगिरी नगरपालिका -१० स्यूचाटार बस्ने वर्ष ४० को भिम बहादुर वानियालाई मार्दक पदार्थ सेवन गरी  चलाएको बा.७८ प ९९४४ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीलाई नगद रू ४ हजार ५ सय रूपैया घुस दिन खोज्दा निजलाई, नगद र मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।