लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २३ फागुन

            महानगरीय प्रहरी प्रभाग काँडाघारीले लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही फागुन २२ गते २०:४५ बजे काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका -७ फोर्सबसपार्क नजिक चेकजाँच गर्ने क्रममा काठमाण्डौ महानगरपालिका-८ बस्ने वर्ष ५० को अबिमन्यु चापागाई,ओखलढुङगा घर भई काडाँघारी बस्ने वर्ष ३४ को पदम बहादुर श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका -७ थापागाँउ बस्ने वर्ष ३८ को दिपक कुमार कार्कीलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले ५०० ग्राम गाँजा सहित सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।