सालकको खपेटा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २२ फागुन

            महानगरीय प्रहरी प्रभाग गोगंबुले सालकको खपेटा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही फागुन २१ गते १५:०० बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगर मैत्री टोलबाट काठमाण्डौ चौमती बस्ने धादिङ निलकण्ठ नगरपालिका-४ का विशाल सुनार र स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाँउपालिका-१ का राज लामालाई सालकको खपेटा विक्रि वितरण गर्नको ‍लागि हिडिरहेको अबस्थामा  पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले १ किलो ७७ ग्राम सालकको खपेटा सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।