अबैध लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २९ माघ

          महानगरीय प्रहरी प्रभाग गोगंबुले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २८ गते १५:०० बजे काठमाण्डौ महानगरपालिका-२६ बिरेन्द्र मार्ग स्थित न्यू कन्याम त्रिबेणी गेष्ट हाउसको पार्किङ स्थलबाट सर्लाही बागमती नगरपालिका २ का मान बहादुर बम्जन र ईमाडोल बस्ने सर्लाहीकै रामलाला साहलाई पक्राउ गरेको छ ।  संकास्पद अबस्थमा रहेका निजहरुलाई  चेकजाँच गर्दा फेनरागन, नुफिन, डाइजेल्याप गरी २९० एम्पुल र नाईट्राभेट १४ सय ७० ट्याबलेट अबैध लागुऔषध प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।