चोरी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २९ माघ

            महानगरीय प्रहरी प्रहरी प्रभाग बुढानिलकण्ठले सुनका गरगहना चोरी गर्ने बाराका रूपेश यादव लाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २८ गते १६:३० बजे बुढानिलकण्ठ नगरपालिका-६ बाट पक्राउ गरेको हो । यादवले बुढानिलकण्ठ स्थित  रेखा तिवरीको घरबाट सुनका विभिन्न गरगहना चोरी गरेको खुल्न आएको छ । निजको  घरमा रंगरोगनको काम गर्ने निज रुपेश यादवले चोरी गरी लुकाई राखेका सुनको १ तोलाको औठी, सुनको सिक्री र नगद ५ हजार फेला पारेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।