वनस्पतिको बोक्रा सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ माघ

            ईलाका प्रहरीले कार्यालय फर्पिङले लालिगुरासको बोक्रा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही २८ गते ०६:३० बजे दक्षिणकाली नगरपालिका ५ डल्लु स्थित सडक छेउमा थुपारी राखेको १ सय ६१किलो लालिगुरासको बोक्रा सहित यहि दक्षिणकाली बस्ने कृष्ण तामाङ र राजकुमार तामाङलाई नियन्त्रणमा लिएको छ । निजहरूलाई लालिगुरासको बोक्रा सहित थप अनुसन्धानको लागि शेषनारायण ईलाका बन कार्यालय फर्पिङ पठाईको छ ।