डिजेल चोरी गर्ने मानिस नियन्त्रणमा

भक्तपुर, २८ माघ

             महानगरीय प्रहरी वृत्त ठिमीले डिजेल चोरी गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही माघ २७ गते २३:४५ बजे मध्यपुर ठिमी नगरपालिका ४ स्थित पार्किङ गरी राखेको बा.१ ख. ८३ २८ नम्बरको बसबाट पाईप लगाई डिजेल चोरी गर्दै गरेको अबस्थामा बालकुमारी बस्ने काभ्रे बनेपाका राजकुमार तिमल्सिना लाई ४0 लिटर डिजेल सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान ‍गरी रहेको छ ।