धारिलो हतियार प्रहार गर्ने नियन्त्रणमा

ललितपुर, २७ माघ

          महानगरीय प्रहरी परिसर ललितपुरले धारिलो हतियार प्रहार गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २७ गते ०८:३० बजे ललितपुर महानगरपालिका ५ स्थित क्यास्पियन कलेज कुमारीपाटीमा अध्ययनरत साईमन राईलाइ पक्राउ गरेको छ । राईले सोही कलेजमा अध्ययनरत कविर राउतलाई धारीलो हतियार प्रहार गरी घाईते बनाएका थिए । घाईतेको पाटन अस्पतालमा उपचार भईरहेको छ भने धारीलो हतियार प्रहार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।